काठमाडौं, २५ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.२९ प्रतिशत घटेर २०५६.८९ बिन्दुमा बन्द भएको हो।
हिजो २०६२.८० बिन्दुमा २.०६ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ५.९१ अंकले घटेको हो।
४६ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १८ स्टकको ३६ हजार १ सय ३४ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ९३ करोड ५५ लाख २० हजार १ सय ४६ रुपैयाँ ५२ पैसा को कारोबार भएको छ।
हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको शेयर सर्वाधिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
१.७८ प्रतिशतले बढेको नागरिक लगानी कोष, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।