Friday, March 29, 2024
spot_img
Homeविजनेसनेप्से सूचक २१०० विन्दु तल झर्यो

नेप्से सूचक २१०० विन्दु तल झर्यो

काठमाडौं, २४ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज २.०६ प्रतिशत घटेर २०६२.८० बिन्दुमा बन्द भएको हो।

हिजो २१०६.१५ बिन्दुमा ०.८३ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ४३.३५ अंकले घटेको हो।

६६ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २२ स्टकको ४८ हजार २ सय ८९ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रुपैयाँ ३१ पैसा को कारोबार भएको छ।

हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.२७ प्रतिशत घटेको हो।

०.९० प्रतिशतले घटेको नागरिक लगानी कोष, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ९ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको