Wednesday, February 8, 2023
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा १०९० जनामा कोरोना ​​संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १०९० जनामा कोरोना ​​संक्रमण पुष्टि

काठमाडौं, २४ साउन। पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको डिस्चार्ज र एक हजार ९० जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ०६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ९ सय ५८ पीसीआर परीक्षणमा ५ सय ६० जाना र ३ हजार ३ सय ४२ एन्टिजेन परीक्षणमा ५ सय ३० जानामा गरि कुल ​एक हजार ९० जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज दुई जानले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा १ लाख ७१ हजार ८ सय ३७ जानले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ३ सय ५१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८ सय ६२ पीसीआर परीक्षणमा ४ सय ९८ जाना र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ४ सय ३६ जानामा गरि कुल ​९ सय ३४ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको