काठमाडौं, २१ साउन। अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा २२ जना घाइते भएका अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन्।
सहरको पश्चिमी भागको व्यस्त किनमेल सडकमा विस्फोट भएको थियो।
अनलाइन पोस्ट गरिएको भिडियो फुटेजले एम्बुलेन्सहरू बस स्टेशन नजिकै घटनास्थलमा दौडिरहेको देखाएको छ।
आक्रमणको तत्काल कुनै पनि आतङ्ककारी समूहले जिम्मेवारी लिएको छैन।
तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई मद्दत गर्न र हताहतीको मूल्याङ्कन गर्न एउटा अनुसन्धान टोली विस्फोट स्थलमा पुगेको बताए।
काबुलमा शुक्रबार इस्लामिक स्टेट लडाकु समूहले गराएको विष्फोटमा कम्तिमा आठ जनाको मृत्यु र १८ जना घाइते भएका थिए।



