काठमाडौं, २१ साउन। पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा संक्रमण पुष्टि, ४ सय ४४ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ४१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८२ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३ सय २६ जाना र २ हजार ७ सय ४० एन्टिजेन परीक्षणमा ३ सय ३४ जानामा गरि कुल ६ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज एक ज्यानले गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा २० हजार ६ सय ६६ जानले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार ४ सय ९१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ९ सय ४१ पीसीआर परीक्षणमा ५ सय २९ जाना र ३ हजार ५ सय ५० एन्टिजेन परीक्षणमा ३ सय ८३ जानामा गरि कुल ९ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।