Monday, December 11, 2023
spot_img
Homeसमाचारशनिबार बिहानै भूकम्पको धक्क महसुस

शनिबार बिहानै भूकम्पको धक्क महसुस

काठमाडौं, २१ साउन। आज बिहान ५ बजेर २६ मिनेटमा देशका विभिन्न स्थानमा ५.३ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ।

वाग्मती प्रदेशको नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको। यो एकै हप्तामा दोस्रो भूकम्प थियो।

यूरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले(मापदण्डहरूको समीक्षा हुन बाँकी रहेको) भूकम्पको गहिराई १० किलोमिटर रहेको र भारतको पटनाबाट २३८ किलोमिटर उत्तर र नेपालको काठमाडौंबाट ९ किलोमिटर पश्चिममा गएको उल्लेख गर्दै विवरण साझा गरेको छ।

गत आइतबार बिहान ८ बजेतिर ६ एम.एल.को धक्का महसुस हुँदा खोटाङ (इपिसेन्टर) र आसपासका क्षेत्रमा केही धनजनको क्षति भएको थियो। साउन महिनामा गएको यो चौथो भूकम्प हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको