Thursday, February 22, 2024
spot_img
Homeविजनेस३४ अंकले घट्यो नेप्से, २ अर्ब ६२ करोडको कारोबार

३४ अंकले घट्यो नेप्से, २ अर्ब ६२ करोडको कारोबार

काठमाडौं, २० साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज १.६१ प्रतिशत घटेर २११३.५५ बिन्दुमा बन्द भएको हो।

हिजो २१४८.१६ बिन्दुमा १.७७ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३४.६१ अंकले घटेको हो।

६४ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १३ स्टकको ४० हजार ४ सय २४ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४७ रुपैयाँ ८० पैसा को कारोबार भएको छ।

जोशी जलविद्युत विकास कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.९१ प्रतिशत बढेको हो भने मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.१८ प्रतिशत घटेको हो।।

१.७५ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ ८० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको