काठमाडौं, १९ साउन। पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा संक्रमण पुष्टि, ३ सय २४ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ४२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय २६ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ८९ पीसीआर परीक्षणमा ४ सय ९४ जाना र ३ हजार ३ सय ३७ एन्टिजेन परीक्षणमा २ सय ६६ जानामा गरि कुल ७ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज एक ज्यानले गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ४७ हजार ३ सय ४१ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ६ हजार २ जानालाई परीक्षण गरिएको थियो जसमा तिन हजार ९१ पीसीआर परीक्षणमा ५ सय ९० जाना र दुई हजार ९ सय ११ एन्टिजेन परीक्षणमा ३ सय ५ जानामा गरि कुल ९ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



