Thursday, February 22, 2024
spot_img
Homeफिचर्डसत्तारुढ गठबन्धन द्वारा निर्वाचन मिति घोषणा

सत्तारुढ गठबन्धन द्वारा निर्वाचन मिति घोषणा

काठमाडौं, १९ साउन। सत्तारुढ गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ।

निर्वाचन आयोगले आम र प्रदेश निर्वाचनका लागि मंसिर ४ गते सिफारिस गरेको थियो।

पछिल्लो घोषणा अनुसार दुवै निर्वाचन एकै चरणमा मंसिर ४ मा हुनेछ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको असार २२ गतेको प्रस्ताव अनुसार मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

बुधबार सत्तारुढ गठबन्धनबीच यस विषयमा सहमति भएको थियो।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि १२० दिन समय लाग्ने बताएको छ। मंसिर ४ गते निर्वाचन भएमा आयोगसँग तयारीका लागि ११२ दिनको समय हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको