Wednesday, February 8, 2023
spot_img
Homeसमाचारआज थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन। पछिल्लो २४ घण्टामा ९ सय १५ जनामा ​​संक्रमण पुष्टि, ३ सय १ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जानालाई परीक्षण गरिएको थियो जसमा तिन हजार ९१ पीसीआर परीक्षणमा ५ सय ९० जाना र दुई हजार ९ सय ११ एन्टिजेन परीक्षणमा ३ सय ५ जानामा गरि कुल ​​९ सय १५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ५५ हजार ५ सय ५९ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ४ सय १५ जानालाई परीक्षण गरिएको थियो जसमा दुई हजार ७ सय ६२ पीसीआर परीक्षणमा ५ सय ९ जाना र दुई हजार ६ सय ५३ एन्टिजेन परीक्षणमा तिन सय ५ जानामा गरि कुल ​​८ सय १४ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको