Monday, December 11, 2023
spot_img
Homeसमाचारदैनिक बढ्दै कोरोना संक्रमण, आजै...

दैनिक बढ्दै कोरोना संक्रमण, आजै…

काठमाडौं, १६ साउन। पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा ​​संक्रमण पुष्टि, २ सय ६४ जनाको डिस्चार्ज र एक जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जानालाई परीक्षण गरिएको थियो जसमा तिन हजार ६ सय ८५ पीसीआर परीक्षणमा ६ सय ३२ जाना र दुई हजार २ सय २४ एन्टिजेन परीक्षणमा दुई सय ६३ जानामा गरि कुल ​​८ सय ९५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण एक जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ८ सय ४६ जानालाई परीक्षण गरिएको थियो जसमा दुई हजार ६ सय ५१ पीसीआर परीक्षणमा ४ सय ९६ जाना र ३ हजार १ सय ९५ एन्टिजेन परीक्षणमा १ सय २४ जानामा गरि कुल ​​६ सय २० जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको