Tuesday, September 26, 2023
spot_img
Homeफिचर्डसोमवार ४ सय ५७ जानामा संक्रमण फेला

सोमवार ४ सय ५७ जानामा संक्रमण फेला

काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा ​​संक्रमण पुष्टि र ४८ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ३ सय ४१ पीसीआर परीक्षणमा ३ सय ८६ जाना र २ हजार ३ सय १० एन्टिजेन परीक्षणमा ७१ जनामा गरि कुल ​​४ सय ५७ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण १ जानाको मृत्यु भएको छ। आज कोरोना बिरुद्धको खोप ९८ हजार ९०० सय जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार ४१ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ४ सय ७३ पीसीआर परीक्षणमा १ सय १४ जाना र १ हजार ५ सय ६८ एन्टिजेन परीक्षणमा २१ जनामा गरि कुल ​​१ सय ३५ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको