Thursday, March 28, 2024
spot_img
Homeविजनेसनेप्सेमा छायो हरियाली

नेप्सेमा छायो हरियाली

काठमाडौँ, २ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज सोमवार ०.९० प्रतिशत बढेर २०२९.४३ बिन्दुमा बन्द भएको हो।

आइतवार २०११.४० बिन्दुमा ०.१० प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.९० प्रतिशतले बढेको छ।

३१ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २११ स्टकको २३ हजार ३ सय ८३ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ५९ रुपैयाँ ६१ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा आज बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको हो र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक २.९१ प्रतिशत घटेको हो।

०.६६ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ २ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको