काठमाडौं, १ साउन। पछिल्लो २४ घण्टामा १ सय ३५ जनामा संक्रमण पुष्टि र ५९ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या आइतवार १ हजार ४ सय ३९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४१ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ४ सय ७३ पीसीआर परीक्षणमा १ सय १४ जाना र १ हजार ५ सय ६८ एन्टिजेन परीक्षणमा २१ जनामा गरि कुल १ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण १ जानाको मृत्यु भएको छ। आज कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ३२ हजार ५ सय १५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार ९० जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार १ सय ९९ पीसीआर परीक्षणमा १ सय ५२ जाना र १ हजार ८ सय ९१ एन्टिजेन परीक्षणमा ५३ जनामा गरि कुल २ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।