काठमाडौँ, १ साउन। सरकारले विभिन्न १० वटा सामान आयातमा असार मसान्त सम्म लगाएको प्रतिबन्ध यथावत राखेको छ र भदौ १४ सम्मका लागि प्रतिबन्ध समय थपेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुरकुरे, कुर्मुरे, लेज आदि सबै प्रकारका मदिराजन्य पदार्थ (औद्योगिक कच्चा पदार्थ बाहेक), चुरोट र सूर्तिजन्य उत्पादनहरू (औद्योगिक कच्चा पदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), ३०० अमेरिकी डलरभन्दा बढी मूल्यको स्मार्ट फोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका पुतली र प्लेइङ कार्डहरूको आयातमा प्रतिबन्ध जारी राखेको जनाएको छ।
यसअघि मन्त्रालयले गत वैशाख १३ गते नेपाल राजपत्रमा यस्तै सूचना जारी गर्दै असार मसान्त सम्म यी वस्तु आयातमा रोक लगाएको थियो।