Saturday, September 23, 2023
spot_img
Homeसमाचारकोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार १ हजार १ सय ७१ पुग्यो

कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार १ हजार १ सय ७१ पुग्यो

काठमाडौं, ३१ असार। पछिल्लो २४ घण्टामा २ सय २९ जनामा ​​संक्रमण पुष्टि र ४८ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार १ हजार १ सय ७१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय १८ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ४४ पीसीआर परीक्षणमा १ सय ६१ जाना र २ हजार ४७ एन्टिजेन परीक्षणमा ६८ जनामा गरि कुल ​​२ सय २९ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन। आज ८७ हजार ९ सय ७२ जानाले कोरोना बिरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार ८ सय ४४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २७ पीसीआर परीक्षणमा २ सय १४ जाना र एक हजार ८ सय १७ एन्टिजेन परीक्षणमा ४६ जनामा गरि कुल ​​२ सय ६० जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको