काठमाडौँ, ३१ असार। त्रिभुवन विश्वविद्यालयले यसअघि नै विद्यार्थीले लिएको परीक्षामा प्रश्न नक्कल गर्ने चार शिक्षकलाई कारबाही गरेको छ।
विवादित शिक्षकलाई त्रि.वि अन्तर्गतको कुनै कलेजमा तीन वर्ष अध्यापन गर्न र सो अवधिसम्म कुनै पनि परीक्षामा संलग्न हुन नपाउने व्यवस्था गरिएको त्रि.वि कार्यसमितिको बैठकले विज्ञप्तिमार्फत जनाएको छ।
असर २२ गते भएको बी.बी.ए.(छैठौं सेमेस्टर)को प्रश्नपत्र (एम.जी.टी. २०३: संगठनात्मक व्यवहार) र असर २५ गते भएको बी.बी.ए.(छैठौं सेमेस्टर)को प्रश्नपत्र (एस.ओ.सी. २०२: नेपाली समाज र राजनीति र एस.ओ.सी. २०१: व्यवसायका लागि समाजशास्त्र) नक्कल गरेको आरोपमा शिक्षकलाई कारबाही गरिएको छ।
सोह्रखुट्टेस्थित मोर्डन नेपाल कलेजले तीन महिनाअघि प्रि-बोर्ड परीक्षाका लागि संगठनात्मक व्यवहारसम्बन्धी प्रश्नपत्र बनाएको थियो। ‘मोर्डन नेपाल कलेजले बनाएको प्रश्नपत्र प्रतिलिपि गरेर त्रि.वि.को डीनको कार्यालयमा सो शिक्षकले बुझाएका थिए।
विगतमा लिइएको बैंक परीक्षाबाट नेपाली समाज र राजनीतिको प्रश्नपत्र नक्कल भएको थियो।
बैठकले जेठ १८ गते भएको सार्वजनिक अर्थशास्त्रको एमएको प्रश्नपत्र र अन्तर्राष्ट्रिय राजनीतिमा एमएको प्रश्नपत्र नक्कल गर्नेलाई कारबाही गरेको छ।