काठमाडौँ, ३० असार। यो साताको चौथो दिन खुलेको नेप्से आज बिहिवार २००१.५४ बिन्दुमा ०.७४ प्रतिशत बढेर बन्द भएको हो।
बुधवार १९८६.८३ बिन्दुमा ३.०९ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १४.७१ अंकले बढेको छ।
६२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२० स्टकको ३९ हजार १ सय ६८ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ।
नेप्से परिसूचक बढ्दा आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.१४ प्रतिशत बढेको हो र युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक १.६९ प्रतिशत घटेको हो।
२.०६ प्रतिशतले बढेको एनआईसी एशिया बैंक लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ३० करोड १८ लाख ८१ हजार ८ सय ७३ रुपैयाँ ५ पैसाको शेयर खरिदबिक्री भएको छ।