काठमाडौं, २२ भदौ। मंगलबार दुबईमा भएको एसिया कपको सुपर ४ खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएपछि भारत एसिया कपबाट लगभग बाहिरिएको छ।
रोहित शर्माले ४१ बलमा ७२ रन बनाए पनि सूर्य कुमार यादव बाहेक अरु कसैले २० रन पार गर्न नसके पछि भारत ८ विकेट गुमाउदै १७३ रनमा अड्किएको थियो।
युजभेन्द्र चहलले तिन र रविचन्द्रन आश्विनले एक विकेट लिदै भारतलाई खेलमा फर्काउन कोसिस गर्नु अघि श्रीलंकाले टि-२० मा आफ्नो सबैभन्दा ठूलो ओपनिङ साझेदारी रेकर्ड दर्ता गराई सकेको थियो।
अन्तिम ओभरको पाँचौं बल प्रहार गर्दै श्रीलंकाले ४ विकेट गुमाउदै १७४ रनको लक्ष्य पुरा गरेको थियो।
यदि भोलि पाकिस्तानले अफगानिस्तानलाई जित्यो भने भारत एसिया कपबाट बाहिरिनेछ।