Tuesday, September 26, 2023
spot_img
Homeविजनेसनेप्सेमा आज झिनो हरियाली छायो

नेप्सेमा आज झिनो हरियाली छायो

काठमाडौँ, २८ असार। यो साता दोश्रो दिन खुलेको नेप्से आज मङ्गलवार १९२७.२९ बिन्दुमा ०.६१ प्रतिशत बढेर बन्द भएको हो।

सोमवार १९१५.६१ बिन्दुमा ३.८६ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ११.६८ अंक वा ०.६१ प्रतिशतले बढेको छ।

४९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२६ स्टकको ३० हजार ६ सय ९६ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७७ रुपैयाँ ८२ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा आज सप्तकोशी विकास बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत बढेको हो र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशत घटेको हो।

५.८५ प्रतिशतले बढेको अरुण काबेली पावर लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ७ करोड ९५ लाख ८० हजार ६ रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको