काठमाडौँ, २६ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति र नाटक राष्ट्रको सम्पत्ति भएको बताउनु भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले, भाषा, साहित्य र संस्कृतिले हाम्रो सभ्यता झल्काउँनु र राष्ट्रिय गौरवका सम्पदा भएको र यस्ता सम्पदाले आफ्नो राष्ट्रको छवि बढाउन योगदान पुर्याउने” बताउनुभयो।
उहाँले सो अवसरमा अवार्ड जित्नेहरुले आगामी दिनमा पनि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो र सम्वन्धित क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो।
सो अवसरमा विभिन्न नौ विधामा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारलगायत ४३ जनाले पुरस्कार जितेका थिए।