काठमाडौँ, २६ असार। भन्सार विभागका अनुशार आर्थिक बर्ष २०७८/७९ को जेष्ठ महिना सम्म नेपालले अस्ट्रेलियालाई १७ हजार ७ सय ७५ रुपयाँ बराबरको ५ के.जी. ट्वाईलेट पेपर निर्यात गरेको छ।
साथै सोहि अन्तरलमा नेपालले चीन, इजिप्ट, भारत, इन्डोनेसिया, इजरायल, कोरिया, मलेसिया र टर्की लगाएतका राष्ट्र बाट ७६ हजार ४३ के.जी. अर्थात् २ करोड ८ लाख ६६ हजार रुपयाँ बराबरको ट्वाईलेट पेपर आयात गरेको छ र ७६ लाख २७ हजार बराबरको आयात राजस्व संकलन गरेको छ।