काठमाडौं, २५ असार। पछिल्लो २४ घण्टामा १ सय २ जनामा संक्रमण पुष्टि र ३१ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार ६ सय ५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७२ जाना र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा गरि कुल १ सय २ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।
पछिल्लो चार महिना पछि असार २२ गते दैनिक संक्रमितको संख्या १०० नाघेको थियो र असार २३ संक्रमितको संख्या घटेर ७८ मा झरेको थियो। तर असार २४ त्यो संख्या बढेर ९८ पुग्यो र आज संक्रमितको संख्या १ सय २ जना पुगेको छ।