काठमाडौं २५ असार। टेस्लाका सीईओ एलोन मस्कले ४४ बिलियन डलरको ट्विटर खरिद सम्झौता रद्द गरेका छन्। एलोन मस्कले सम्झौता समाप्ति शुल्क रकम १ बिलियन डलर ट्विटरलाई तिर्नुपर्नेछ। युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशन (एसईसी) मा पहिलेको फाइलिंग अनुसार, “मस्कले सम्झौता रद्द गरेमा ट्विटरलाई १ बिलियन टर्मिनेशन शुल्क तिर्नुपर्नेछ”।
विश्वको सबैभन्दा धनी व्यक्तिले अप्रिलमा ट्विटर किन्ने निर्णय गरेपछि लामो समयदेखि चलिरहेको ट्रेन्डिङ विषयमा यो घोषणा सबैभन्दा नयाँ मोड हो। मस्कले ट्विटरले नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी प्रदान गर्न असफल भएका कारण आफू पछि हटेको बताए।
टेस्लाका सीईओले ट्विटरले प्लेटफर्मको ट्राफिक कति नक्कली खाताहरू द्वारा संचालित छ भन्ने बारे थप जानकारी दिन अस्वीकार भएकाले उसको $५४.२०-प्रति-शेयर प्रस्तावको सर्तहरू उल्लङ्घन गरिरहेको बताएका छन्।
टेस्लाका लगानीकर्ताहरूले मस्कको कदमलाई सकारात्मक प्रतिक्रिया दिए। उनले सम्झौता समाप्त गरेपछि, टेस्लाको सेयर शुक्रबार १४ प्रतिशत भन्दा बढि बढेको छ।
शनिबार ट्वीटरले सम्झौता खारेज गरेकोमा मस्कमाथि मुद्दा हाल्ने घोषणा गरेको छ ।