Friday, March 29, 2024
spot_img
Homeसमाचारनेपालमा शुक्रवार ९८ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

नेपालमा शुक्रवार ९८ जनामा ​​कोभिड-१९ को संक्रमण फेला

काठमाडौं, २४ असार। पछिल्लो २४ घण्टामा ९८ जनामा ​​संक्रमण पुष्टि र २७ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार ५६४ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार एक हजार ६१ पीसीआर परीक्षणमा ८३ जाना र दुई हजार १ सय ९३ एन्टिजेन परीक्षणमा १५ जनामा गरि कुल ​​९८ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालको कोभिड–१९ बाट निको हुने दर ९८.७% रहेको छ भने मृत्युदर १.२% रहेको छ र मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ रहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको