Tuesday, September 26, 2023
spot_img
Homeसमाचारआजबाट आन्तरिक हवाई भाडा दर बढ्यो

आजबाट आन्तरिक हवाई भाडा दर बढ्यो

काठमाडौँ२३ असार। हवाई इन्धनको मूल्यका आधारमा इन्धन शुल्कमा परिमार्जन गर्ने व्यवस्था भएकाले नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका लागि हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक वायुसेवा सञ्चालकले सबै क्षेत्रको हवाई भाडा बढाएका छन्।

नेपाल वायुसेवा सञ्चालक संघले भाउ वृद्धि आज बाट लागू हुने जनाएको छ।

निगमले असार २१ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने र हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाउने निर्णय गरेको थियो।

वायुसेवा सञ्चालकले दूरीका आधारमा ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म भाडा बढाएका छन्। काठमाडौं नजिकका उडान गन्तव्यका लागि न्यूनतम ४५ रुपैयाँ र काठमाडौंबाट पर्वतीय उडानका लागि १ सय ७० रुपैयाँ बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको