काठमाडौँ, २२ असार। पछिल्लो २४ घण्टामा १ सय १३ नयाँ संक्रमण पुष्टि र र २० जना संक्रमण मुक्त भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बुधवार ४ सय ७१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय २४ जानालाई परीक्षण गरिएको थियो। जसमा १ हजार ५ सय ४९ पीसीआर परीक्षण हुदा ९० जाना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षण हुदा २३ जानामा संक्रमण पुष्टि भएको हो।