काठमाडौँ, २१ असार। सांदिडांडा रामेछापबाट नेपालथोक जांदै गरेको यात्रु बाहक बस लुभु नजिक भीरबाट खस्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनास्थलमा हेलीकप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसंग समन्वय भैरहेको छ ।
२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।