काठमाडौँ, २० असार। नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ।
असार २० गते, सोमबार साझ नेपाल आयल निगमले नयाँ बिज्ञप्ति प्रकाशन गरी पेट्रोल, डिजल, मट्टीतेल र हावाई इन्धनको मुल्य बढाएको हो। निगमले पेट्रोलमा प्रति लिटर २ रुपैया, डिजल र मट्टीतेलमा ९-९ रुपैया र हवाई इन्धनमा प्रति लिटर ५ रुपैया मुल्य वृद्धि गरेको छ।
सोमबार रति १२ बजे देखि लागु हुने गरी, निगमले नयाँ मुल्य निम्न अनुसार तय गरेको छ।
पेट्रोल- रु १८१ प्रति लिटर,
डिजल- रु १७२ प्रति लिटर,
मट्टीतेल- रु १७२ प्रति लिटर,
र हवाईइन्धन- रु १९० प्रति लिटर।