Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डशर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन। कर छलीको आरोप लागेपछि राजीनामा दिएको एक महिना नपुग्दै माओवादी नेता मन्त्रालयमा फर्किएका छन्।

करको दरमा फेरबदल गर्न दुई जना बाहिरी व्यक्तिलाई काममा लगाएको आरोप लागेपछि पदबाट राजीनामा दिएको एक महिना नबित्दै जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरिएको हो।

संसदीय छानबिन समितिले शर्मामाथि लागेको आरोप प्रमाणित गर्न प्रमाण जुटाउन नसकेको भन्दै प्रतिवेदन बुझाएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि आइतबार नेकपा (माओवादी केन्द्र)ले शर्मालाई पुनः देउवा मन्त्रिपरिषदको अर्थमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णयबारे अध्यक्षले प्रधानमन्त्री देउवालाई जानकारी गरिसकेको जानकारी दिनुभयो।

गत जेठ १५ गते बजेट भाषणको पूर्वसन्ध्यामा करको दरमा अनाधिकृत व्यक्तिलाई परिवर्तन गर्न दिएको आरोपबारे छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।

शर्माको राजीनामापछि प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रधानमन्त्री देउवाको सिफारिसमा शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको