काठमाडौं, १५ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज २.५५ प्रतिशत बढेर २१९५.१० बिन्दुमा बन्द भएको हो।
अघिल्लो साताको अन्तिम दिन २१२१.०२ बिन्दुमा ०.६४ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताको पहिलो दिन ५४.५८ अंकले बढेको हो।
जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनःनियुक्ति गर्ने भए सँगै अव केहि दिनमै सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको छ। चुनाव घोषणा गरे सँगै हरेक पटक शेयर बजार बढेको इतिहास छ। यसले गर्दा दोस्रो बजारमा लगानीकर्ता उत्साहित देखिएका छन्। आजै अर्थमन्त्रीमा जनार्दन शर्माले पुनः सपथ ग्रहण गर्दै छन्।
१ करोड १२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २० स्टकको ६७ हजार ४ सय ५ पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब ५८ करोड ७६ लाख ८७ हजार ५ सय ८७ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ।
१० वटाकम्पनिको शेयर सकारात्मक सर्किट सर्किट लेवलमा कारोबार भएको हो भने कुमारी बैंक लिमिटेड प्रवर्द्धक शेयरको शेयरमूल्य सर्वाधिक ३.९० प्रतिशत घटेको हो।
२.५१ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २१ करोड ३४ लाख १६ हजार ८ सय ६० रुपैयाँ १ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।



