काठमाडौं, १५ साउन। पछिल्लो २४ घण्टामा ६ सय २० जनामा संक्रमण पुष्टि, २ सय ९७ जनाको डिस्चार्ज र दुई जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ६७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४६ जानालाई परीक्षण गरिएको थियो जसमा दुई हजार ६ सय ५१ पीसीआर परीक्षणमा ४ सय ९६ जाना र ३ हजार १ सय ९५ एन्टिजेन परीक्षणमा १ सय २४ जानामा गरि कुल ६ सय २० जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण एक जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ३६ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ६ सय ९९ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ७ सय ७९ पीसीआर परीक्षणमा २ सय ९२ जाना र एक हजार ९ सय २० एन्टिजेन परीक्षणमा १ सय ४६ जानामा गरि कुल ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।