काठमाडौं, १४ साउन। प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यगुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
लु ३ च ३५३ नम्बरको जीप स्वर्गद्वारी मन्दिरबाट भिंगरी तर्फ फर्कने क्रममा शनिबार दिउँसो भायगुतेमा दुर्घटना भएको हो।
रुपन्देहीकी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिंगरीले जनाएको छ। अन्य १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार १४ मध्ये ९ जना गम्भीर घाइते भएका छन् । जीपमा जम्मा १७ जना सवार थिए। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताइएको छ।



