काठमाडौं, १३ साउन। पछिल्लो २४ घण्टामा ५ सय ७७ जनामा संक्रमण पुष्टि, २ सय २९ जनाको डिस्चार्ज र दुई जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ५६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८२ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४ सय ७४ पीसीआर परीक्षणमा ३ सय ९१ जाना र १ हजार ८ सय ८ एन्टिजेन परीक्षणमा १ सय ८६ जानामा गरि कुल ५ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण दुई जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा २८ हजार २ सय ५६ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार २५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ४१ पीसीआर परीक्षणमा ५ सय २४ जाना र २ हजार ४ सय ८४ एन्टिजेन परीक्षणमा १ सय ८६ जानामा गरि कुल ७ सय १० जनामा कोरोना पोजेटिभ देखिएको थियो।



