Monday, December 11, 2023
spot_img
Homeसमाचारकोरोना संक्रमणको संख्या दिन प्रति दिन बढ्दै

कोरोना संक्रमणको संख्या दिन प्रति दिन बढ्दै

काठमाडौं, १२ साउन। पछिल्लो २४ घण्टामा ७ सय १० जनामा ​​संक्रमण पुष्टि, २ सय १५ जनाको डिस्चार्ज र दुई जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ४१ पीसीआर परीक्षणमा ५ सय २४ जाना र २ हजार ४ सय ८४ एन्टिजेन परीक्षणमा १ सय ८६ जानामा गरि कुल ​​७ सय १० जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण दुई जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ५९ हजार ४ सय ७१ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ सय ५४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय ७८ पीसीआर परीक्षणमा ४ सय १८ जाना र एक हजार ६ सय ७६ एन्टिजेन परीक्षणमा १ सय ४६ जानामा गरि कुल ​​५ सय ६४ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको