काठमाडौं, ११ साउन। पछिल्लो २४ घण्टामा ५ सय ६४ जनामा संक्रमण पुष्टि, २ सय २ जनाको डिस्चार्ज र एक जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय २९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय ७८ पीसीआर परीक्षणमा ४ सय १८ जाना र एक हजार ६ सय ७६ एन्टिजेन परीक्षणमा १ सय ४६ जानामा गरि कुल ५ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण एक जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सयले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ५५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २ सय १५ पीसीआर परीक्षणमा ४ सय जाना र २ हजार ८ सय ४० एन्टिजेन परीक्षणमा २ सय ३८ जानामा गरि कुल ६ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।