काठमाडौं, १० साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज २.१० प्रतिशत घटेर २०८८.१६ बिन्दुमा बन्द भएको हो।
सोमवार २१३२.९६ बिन्दुमा २.६२ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ४४.८० अंकले घटेको हो।
८७ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २२ स्टकको ६० हजार ५ सय १७ पटक कारोबार भएको छ भने कुल रकम ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३ सय ९८ रुपैयाँ २४ पैसाको कारोबार भएको छ।
नेप्से परिसूचक बढ्दा मल्टीपर्पस वित्त कम्पनी लिमिटेडको शेयार सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.८२ प्रतिशत घटेको हो।
३.२२ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १९ करोड ३६ लाख ६७ हजार २ सय ६० रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



