Tuesday, February 7, 2023
spot_img
Homeसमाचारकोरोना संक्रमितको संख्या पाँच महिनाकै उच्च

कोरोना संक्रमितको संख्या पाँच महिनाकै उच्च

काठमाडौं, १० साउन। पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा ​​संक्रमण पुष्टि, २१८ जनाको डिस्चार्ज र २ जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय १४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २ सय १५ पीसीआर परीक्षणमा ४ सय जाना र २ हजार ८ सय ४० एन्टिजेन परीक्षणमा २ सय ३८ जानामा गरि कुल ​​६ सय ३८ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण दुई जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ८ सय ७८ ले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४८ सय जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ८४ पीसीआर परीक्षणमा ४ सय ५३ जाना र १ हजार ७ सय १६ एन्टिजेन परीक्षणमा १ सय १५ जनामा गरि कुल ​​५ सय ६८ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको