काठमाडौं, ९ साउन। पछिल्लो २४ घण्टामा ३ सय ४७ जनामा संक्रमण पुष्टि, ९५ जनाको डिस्चार्ज र २ जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ७७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४८ सय जानालाई परीक्षण गरिएको थियो जसमा ३ हजार ८४ पीसीआर परीक्षणमा ४ सय ५३ जाना र १ हजार ७ सय १६ एन्टिजेन परीक्षणमा १ सय १५ जनामा गरि कुल ५ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण एक जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ७२ ले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ८ सय ८८ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ३ सय ६० पीसीआर परीक्षणमा ३ सय ३ जाना र १ हजार ५ सय २८ एन्टिजेन परीक्षणमा ४४ जनामा गरि कुल ३ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको थियो। कोभिड–१९ का कारण दुई जानाले ज्यान गुमाउनु परेको थियो र कोरोना बिरुद्धको खोप ७८ हजार २ सय २८ ले लगाएका थिए।



