Thursday, February 22, 2024
spot_img
Homeसमाचारशुक्रवार ४५६ जानामा कोरोना संक्रमण

शुक्रवार ४५६ जानामा कोरोना संक्रमण

काठमाडौं, ६ साउन। पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा ​​संक्रमण पुष्टि र ८० जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३८ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार १ सय ६८ पीसीआर परीक्षणमा ३ सय ८४ जाना र १ हजार ६ सय ७० एन्टिजेन परीक्षणमा ७२ जनामा गरि कुल ​​४ सय ५६ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो ४८ घण्टामा ३ लाख ८६ हजार ७ सय ८२ ले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ५ सय ६९ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ६७ पीसीआर परीक्षणमा ३ सय १७ जाना र १ हजार ९ सय २ एन्टिजेन परीक्षणमा १ सय १८ जनामा गरि कुल ​​४ सय ३५ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको