Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार‘अगस्त्य च्याप्टर १’: मधेसको मात्र होइन, समग्र देशकै कथा

‘अगस्त्य च्याप्टर १’: मधेसको मात्र होइन, समग्र देशकै कथा

आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीबार काठमाडौं सीमित पत्रकारमाझ फिल्मबारे आफ्ना धारणा राखे ।

फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, सौरभले भने, ‘यो फिल्म हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’

सौरभले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउँदै त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ले पुरा गरेको दाबी गरे । ‘आजको दिनसम्म नेपाली दर्शकले राम्रो फिल्म हेरिदिनुभएको छ । उहाँहरुले हाम्रो फिल्मलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा हामीले स्क्रिप्टको माग अनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौं’, उनले भने ।

उनले फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथा जस्तो देखिए पनि त्यो मधेसको कथा नभई समग्र देशको कथा रहेको बताए ।

अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । ‘म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ,’ उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’

यो फिल्ममा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।

अधिकांश फिल्ममा रोम–कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले फिल्ममा फरक–फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘अगस्त्यः च्याप्टर १’मा पुरा गरेको बताए ।

अभिनेत्री मलिका महतले आफू भन्दा अग्रज कलाकारसँग् काम गर्दा दबाबको महशुस भए पनि उनीहरुबाट बढी सिकाई हुने बताइन् । उनले अग्रज कलाकारबाट आफूले शक्ति पाएको बताइन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको