Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसाम्राज्ञीसँग धिरजको जोडी कस्दै रोमान्टिक सिनेमा 'रुमानी रङ्ग'को औपचारिक घोषणा

साम्राज्ञीसँग धिरजको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा

साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ ।

अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।

उनीहरु लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन्। ‘इन्टु मिन्टु लन्डनमा’मा उनीहरुको रोमान्सलाई खुबै मनपराइएको थियो।

राजधानीमा आज एक कार्यक्रमकाबिच घोषणा भएको यो सिनेमामा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।

यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो। सिनेमामा आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दु:खसमेत देखाउनेछ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको