Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो।

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ । प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ । गीतसंगीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ ।

‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ । अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन् । दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो ।

चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको