Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारप्रकास सपुतको डेव्यु सिनेमा परदेशी २ को बाग्लुङमा प्रिमियर गरिएको छ

प्रकास सपुतको डेव्यु सिनेमा परदेशी २ को बाग्लुङमा प्रिमियर गरिएको छ

गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यु सिनेमा परदेशी २ को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौं बाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकी अधिकारीसहित सञ्चारकर्मीको उपस्थितिमा सिनेमाको प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा सिनेमाको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । बागलुङ नगरलाई सिनेमा छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने बताए । बाग्लुङ गायक तथा अभिनेता प्रकास सपुतको गृह जिल्ला पनि हो । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा उपस्थित दर्शक तथा पाहुनाका आँखा रसाएका थिए । सिनेमा हरेका सबै दर्शकले परदेशी २ अहिलेको समय सापेक्ष बनेको भन्दै राम्रो प्रतिक्रिया दिएका छन् ।

आफुले अभिनय गरेको पहिलो सिनेमा गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउँदा निकै खुशी लागेको सपुतले बताए । आफ्नो डेव्यु सिनेमाको पहिलो दर्शक नै गृह जिल्लाबासी हुँदा आफुलाई भाग्यमानी ठानेको छु, साथै आफ्नो पहिलो प्रयासलाई पहिलो दर्शकको रुपमा जिल्लाबासीलाई हेर्न अवसर जुराईदिनु भएकोमा निर्देशक नारायण रायमाझि र निर्माता राजेश वंशल सरप्रति आभारी छु ।

नारायण रायमाझी निर्देशित सिनेमा आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा प्रकास र केकीका अलवा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको सिनेमामा गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ । सिनेमाले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । त्यसबेला यो सिनेमा बक्सअफिसमा सुपरहिट भएको थियो ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । सिनेमालाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको