Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeसमाचारकुशे औंसीको महिमा, पौराणिक रहस्य र कथा

कुशे औंसीको महिमा, पौराणिक रहस्य र कथा

काठमाडौं, २ भदौ। प्रतेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँछन्। लौकिक भाषामा यसलाई “बुबाको मुख हेर्ने दिन”का नामले व्यवहार गरिन्छ।

भगवान बिष्णुले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभयो र त्यसपछिको थकाइ मेट्नका लागि समुद्र किनारमा जानुभयो। त्यहाँ आराम गर्दा झरेका वराह भगवानका रौंहरू नै पछि कुश एवं काश भएर उम्रिए भन्ने  विश्वास छ भने कतै भगवान विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको पाईन्छ। यस्तै वृन्दाको श्राप पुरा गर्न भागवान बिष्णुले कुशको रुप धारण गर्नु भएको व्यहोरा श्री स्वस्थानी ब्रतकथा प्रसङ्गमा पाइन्छ।

अर्को प्रसङ्गमा भनिएको छ कि सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको उत्पन्न गर्नु भएको धार्मिक विश्वास छ।

जसरी पनि भगवानसँग सम्वन्धित कुशलाई यज्ञदीमा मात्र नभई पवित्र, रक्षात्मक र शक्तिशाली बन्नका लागि कर्ता, आचार्य आदिले शुद्धता एवं रक्षणार्थ तथा बलशाली बन्न पनि कुशको पवित्र लगाउने, कुशको आसनमा बस्ने र कुशदण्ड लिएर मात्र सन्ध्यावन्दनदेखि लिएर सम्पूर्ण धार्मिक कृत्य सम्पादन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। 

कुश-पवित्र धारण गरेको विप्रादि व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र, एवं भगवान् शंकरको त्रिशूलसमान नै शक्तिशाली मानिन्छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु-याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन।

कुश एक प्रकारको घाँस हो जुन खर वा शिरु जस्तो देखिन्छ। तर आध्यात्मिक दृष्टिकोणबाट यो सबैभन्दा पवित्र वस्तु हो।

धार्मिक मान्यतानुसार कुशमा साक्षात् ईश्वरको वास हुन्छl संसारका सृष्टि, स्थिति र लयकर्ता ब्रह्मा, विष्णु र महेशको निवास कुशमा हुने गर्दछ l जरासहित कुश उखेल्ने शास्त्रीय विधान रहेको छl किनभने कुशको अग्रभागमा रुद्र, मध्यमा केशव तथा मूलमा परमपिता ब्रह्माको निवास हुन्छ l त्यसैले कुश उखेल्दा निम्नस्थ मंत्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्छ- 

कुशाग्रे वसते रुद्र: कुशमध्ये तु केशव:।

कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनी।।

विरञ्चिना सहोत्पन्नं परमेष्ठिन्निसर्गज:।

हरतु सर्व पापानि दर्भ स्वस्तिकरो भव।।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।

कुश घरमा भित्राउने यस पवित्र दिनमा सबेरै उठी, स्नानआदि कर्म सम्पन्न गरी सुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई ‘ओम’ मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पुजा गर्ने चलन छ।

बुबाको मुख हेर्ने दिन:

आजको दिन बुबाको मुख हेर्नेभन्दा पनि बुबाप्रति श्रद्धा गर्ने दिन हो। पिताको शाब्दिक अर्थ रक्षक हो। त्यसैले आज आफ्नो रक्षक हुनुहुने बुवालाई सम्मान गरिन्छ। बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। त्यसैले यस दिनलाई गोकर्ण औंसी अथवा पितृतर्पणी औँसीका रुपमा पनि मनाइन्छ। आफ्ना पुर्खाको मृत्युको दिन नजान्नेहरू पनि यस दिन गोकर्णमा पुगेर श्रद्धाञ्जली अर्पण गर्छन्। पितृतर्पण र श्राद्ध गर्न गोकर्ण गएकाले पितृतर्पण औँसीलाई गोकर्ण औँसी पनि भनिन्छ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ। अरु दान दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

हिन्दू परम्पराहरूमा कुशको स्थायी महत्त्वले हामीलाई हाम्रो आध्यात्मिक प्रयासहरूमा सदैब प्रेरणा र मार्गदर्शन गरिहोस्।

बुबाको ईश्वरीय आशिर्वादले तपाईलाई सफलता र खुशीको दिशामा मार्गदर्शन गरोस्। कुशे औँसीको शुभकामना!

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको