Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

काठमाडौं, २५ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ। कीर्तिपुरको त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको हो।

यो जितसँगै नेपालको लिग–२ बाट एकदिवसीय मान्यता कायमै रहने सम्भावना बलियो भएको छ। अब नेपालले बाँकी तीन खेलमध्ये एउटा जित्यो भने एकदिवसीय मान्यता सुरक्षित हुनेछ।

नेपालले बिहीबार दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो।

पिएनजीका लागि ओपनर टोनी उराले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा ५० रन जोडे। अर्का ओपनिङ ब्याट्सम्यान किप्लिन डोरिगाले २६ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ११.२ ओभरमा ७७ रनको साझेदारी भएको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी रहँदै २९७ रनमा अलआउट भएको थियो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले १२ चौका र २ छक्का प्रहार गर्दा ११० रन बनाए। यो उनको पहिलो एकदिवसीय शतक हो।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालले सर्वाधिक २८७ रन बनाएको थियो। फागुन पहिलो साता त्रिविमा नेपालले नामिबियाविरुद्ध २८७ रन बनाएको थियो। २ विकेटले जितेको नेपालले लक्ष्य पछ्याउने क्रममा उक्त रन बनाएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको