काठमाडौं, ४ मंसिर। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो।
आइतबार राति आयोजित पत्रकार सम्मेलनमा आयोगले केही सामान्य घटनालाई बाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जनाएको छ।
निर्वाचन आयोगका अधिकारीहरूले अपेक्षाभन्दा कम मतदान भएको बताउँदै विभिन्न कारणले मतदान रोकिएका क्षेत्रको तथ्याङ्क प्राप्त भएकाले प्रतिशत बढ्न सक्ने आशा व्यक्त गरे।
मधेस प्रदेशका सबै मतदान केन्द्रमा विना स्थगित मतदान सम्पन्न भएको छ।
राजनीतिक दल र उम्मेदवारबीचको विवादपछि बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी (सुस्ता पूर्व), गुल्मी र दोलखालगायतका केही जिल्लामा मतदान प्रक्रिया अवरुद्ध भएको आयोगले जनाएको छ।



