Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारआज शुक्रबारबाट देशभरको हलमा उचाई

आज शुक्रबारबाट देशभरको हलमा उचाई

काठमाडौं, २५ कार्तिक। नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’ आजबाट नेपालमा पनि रिलिज हुने भएको छ । बुधबारसम्म यो सिनेमा नेपाल रिलिज हुने नहुने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्म्सले सिनेमालाई नेपालमा वितरण गर्ने भएको हो ।

७० प्रतिशत भन्दा बढी दृश्य नेपालमा खिचिएको सिनेमामा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणको समेत प्रयोग गरिएको छ । बलिउड सिनेमा भएपनि यो सिनेमाले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । यसैले, नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो सिनेमा नेपाल भित्राउन चासो नदिएको अवस्थामा ट्राभलर्स क्रिउले राम्रो रकम तिरेर नेपालमा ल्याएको हो ।

सिनेमालाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो सिनेमाको लाइन प्रोड्यूसरमा नेपालको चर्चित सिनेमा निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा सिनेमाको छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

सिनेमा वितरण गर्न लागेका राजन पुरीले भने-‘यो बलिउड सिनेमा मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको सिनेमालाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा सिनेमासँग जोडिने निर्णय गरेका हौं ।’

सिनेमाको बुकिङ नेपालभर खुलिसकेको छ र मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । क्यूएफएक्स चेनले सिनेमाका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले सिनेमालाई ४ शोज दिएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज सिनेमाका लागि उपलब्ध गराएको छ ।

सुरज बर्जात्याको निर्देशनमा तयार भएको सिनेमामा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण भएको सिनेमालाई राजश्री प्रोडक्शनले बनाएको हो

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको