Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटटी–२० विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड १० विकेटले विजयी

टी–२० विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड १० विकेटले विजयी

काठमाडौं, २४ कार्तिक। भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।

बिहीबार एडिलेडमा भएको सेमिफाइनलको अन्तिम खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपको उपाधि नजिक पुगेको हो।

भारतले दिएको १६९ रनको लक्ष्य इङ्गल्याण्डले १६ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो।

इंग्ल्याण्डको सहज जितमा ओपनर जोस बटलर र एलेक्स हेल्सले धमाकेदार ब्याटिङ गरे।

उसका लागि कप्तान/विकेट किपर जोस बटलरले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै १६३.२७ को स्ट्राइक रेटमा ८० रन बनाए।

यस्तै एलेक्स हेल्सले ४७ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै १८२.९८ को स्ट्राइक रेटमा ८६ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो।

उसका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। योसँगै विराट कोहली टी-२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्।

केएल राहुल ५ रनमा क्याच आउट भए भने रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। अदिल रसिद र क्रिस वोक्सले एक–एक विकेट लिए।

अब उपाधिका लागि इंग्ल्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको