Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँउपत्यकाका १५ वटा निर्वाचन क्षेत्रका लागि ३५९ जना बीच प्रतिस्पर्धा

उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रका लागि ३५९ जना बीच प्रतिस्पर्धा

काठमाडौं, १७ कार्तिक। मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३ सय ५९ जनाले उम्मेदवारी दिएका छन्।

सबै उम्मेदवारमा ५३ जना महिला छन् भने बाँकी ३०६ पुरुष छन्। यसको मतलब १५ प्रतिशतभन्दा कम उम्मेदवार महिला प्रतियोगी हुन्। त्यसैगरी १ सय ३९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उपत्यकाभित्र काठमाडौं जिल्लामा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १६ बाट सबैभन्दा बढी १६ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् भने निर्वाचन क्षेत्र ४ र ५ बाट १४/१४ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर १० र ८ मा सबैभन्दा कम तिन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर १ बाट प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरुमा नेपाली काँग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेल रहेका छन्।

पूर्व पत्रकार तथा राजतन्त्र समर्थक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका चर्चित अनुहार रवीन्द्र मिश्र पनि सोही क्षेत्रबाट चुनावी मैदानमा छन्।

काठमाडौं क्षेत्र नम्बर २ बाट निवर्तमान उपसभामुख एवम् मन्त्री ओनसरी घर्तीमगरको विरुद्धमा एमालेका मणिराम फुयाँल प्रतिस्पर्धामा छन्।

क्षेत्र नं ४ मा पुराना प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टरी र पूर्वमन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा छ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री ईश्वर पोखरेलले कांग्रेसका प्रदीप पौड्यालसँग प्रतिस्पर्धा गर्दैछन्।

निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका तर्फबाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले कांग्रेसका भीमसेनदास प्रधानसँग प्रतिस्पर्धा गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी अस्मिता सिंह (मानुषी) यमी भट्टराईले कांग्रेसको समर्थनमा क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिष्ट पार्टी-माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका श्याम कुमार घिमिरे लगायत आन्या दलको उम्मेदवारी र स्वतन्त्र उम्मेदवारी संग हुदैछ।

भक्तपुर क्षेत्र नं १ मा अपराजित नेपाल मजदुर किसान पार्टीले प्रेम सुवालको उम्मेदवारीलाई दोहोर्‍याएको छ भने नेकपा एमालेका नवराज गेलाल र माओवादी केन्द्रका सुनिल गोठेबीच प्रतिस्पर्धा छ। पूर्वमन्त्री एवम् नेकपा एमालेका युवा नेता समेत रहेका महेश बस्नेतको भक्तपुर क्षेत्र नम्बर २ बाट नयाँ उम्मेदवार कांग्रेसका दुर्लव थापा क्षेत्रीसँग प्रतिस्पर्धा हुँदैछ।

नेपाल प्रहरीका पूर्वडीआईजी तथा ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले सोही क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता उदयशमशेर जबरासँग प्रतिस्पर्धा गर्दैछन्। ललितपुर–३ मा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी वरिष्ठ नेता पम्फा भुसाल नेकपा एमालेका अमृत खड्कासँग प्रतिस्पर्धा गर्दै छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको